भाडा माग्दै २० दिने सुत्केरीलाई घर निकाला
गङ्गा लिम्बुको परिवारमा दोस्रो सन्तानको आगमनसँगै खुसी छाएको थियो । सन्तान प्राप्तिको खुसी एकातिर थियो भने घरबेटीले घरभाडाको लागि दिएको तनाव अर्कोतिर । घरभडा नदिएको भन्दै घरवेटीले कोठाको पानी र ट्वाइलेटको ढोका बन्द गरिदिए ।
यता, लकडाउनको कारण निर्माण कार्य ठप्प हुँदा उनको श्रीमान् दुई महिनादेखि घरमै थन्किएर बसेका छन् । ‘घरवेटीले ट्वाइलेटमा ताला लगाए, धारामा पानी बन्द गरे । छिमेकीलाई हामीले आफ्नो दुःख सुनायौँ । त्यसपछि त हामीलाई झन् बढी तनाव हुन थाल्यो । भाडा तिर्नका लागि तारन्तार दवाव आउन थाल्यो । भर्खर जन्मिएको बच्चालाई कति स्याहारसुरार चाहिन्छ । यही बेला ट्वाइलेट र पानी बन्द गर्दिए,’ आँखाभरी आँशु पार्दै लिम्बुले बताइन् ।
सामाजिक सञ्जालमा युवा व्यवसायी युवराज खतिवडाले घरबेटीले दुःख दिएर निकालेकाहरुलाई खाना बस्नको व्यवस्था गर्ने भन्ने थाह पाएपछि उनीहरु अहिले पर्स्याङ पुगेका छन् ।
युवा व्यवसायी खतिवडाले व्यवसायिक प्रायोजनको लागि बनाएको सय कोठालाई लकडाउन अवधिभर समस्यामा पारेका र घरवेटीले निकालेका सय परिवारलाई राख्ने घोषणा गरेका छन् । उनले काम गर्न चाहनेलाई काम पनि दिने र सीप नभएकाहरुको लागि आँफैले खाना, बस्न र उपचारको व्यवस्था गरेको बताए ।
‘मानिसहरु कति क्रुर र अपराधी रहेका रहेछन् बल्ल थाह पाउँदैछु । घरवेटीले निकाली दिएपछि उनीहरुकै घर गएर कतिको भाडा पनि तिरिदिएर उद्दार गरेर ल्याएर राखेको छु । अहिलेसम्म तीस परिवार आइसकेका छन् । हामीसँग सय परिवार राख्ने क्षमता छ,’ उनले भने ।
विष्णुमाया विकको पनि समस्या उस्तै थियो । ‘फागुनभरी बिरामी भएर काम गर्न सकिएन । चैतमा दुई दिन काम गरेको हो । त्यो दुईदिनको पैसाले कसरी जीन्दगी चलाउन सकिन्छ र सर ?,’ उनले भनिन्, ‘राहत भनेर आठ केजी चामल,आधा लिटर तेल र एक पोका नुन आएको थियो । त्यतिले कति समय पुग्छ र ? एक महिना त यताउता गरेर चलाए । त्यहाँमाथी झन घरवेटीले दैनिक भाडाको लागी दबाब दिन थाले ।’
‘समाचारमा युवराज सरले खर्च नभएर घरबाट निकाला गरिएकोलाई खाना बस्न दिने खवर पाएर यहाँ आएका हौँ । अव घरवेटीले फेरी अर्को बखेडा झिकेको छ । भाडा नभइकन सामान लैजान पाउँदैन भन्छन् । दुई महिनाको पचपन्न सय पैसा तिर्न छ । त्यो पनि युवराजसले तिर्दिने भन्नुभएको छ,’ विकले बताइन् ।
उदयपुरबाट पोखरा सिदार्थचोकको एक कन्सल्टेन्सीको होस्टलको किचनमा काम गर्दै आएकी मनिषा स्नेहको पनि कामबाट निकालेपछि हालत उस्तै छ । होस्टलमा नै बस्दै आएकी मनिषालाई अब सकिने भएन भनेर निकालिदिए । पोखरामा उनले चिनेजानेको मान्छे कम थिए । त्यसपछि उनलाई बाँच्नु न मर्नुको अवस्था सिर्जना भयो । सामाजिक संजालबाट सूचना थाह पाएपछि उनी पनि खतिवडाले स्थापना गरेको आश्रयस्थलमा बस्दै आएकी छिन् ।
खतिवडा भन्छन्, ‘पोखरा वरीपरि कसैलाई घरवेटीले निकालेर बिचल्ली भएको छ भने ९८५६०२९११३ मा सम्पर्क गर्न सक्नु हुनेछ । यो वेला सक्नेहरुले नसक्नेहरुलाई सहयोग गरौँ । सहयोग गर्न सकिएन भने पनि दुःख दिने काम नगरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण