ट्रम्पले भने, ‘मेरो कोरोना परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मिशिगनमा एक अटोमोटिव प्लान्टको यात्रामा जानुअघि पत्रकारसँग कुराकानी गरेका छन् ।
उनले पत्रकारलाई आफ्नो कोरोनाको परीक्षण भएको जानकारी दिए । परीक्षणको नतिजाबारे बताउँदै उनले भने, ‘मेरो कोरोनाको परीक्षण सकारात्मक रुपले नकारात्मक आएको छ ।’
उनले थपे, ‘निकै सकारात्मक परीक्षण भयो । आज बिहान मैले नेगेटिभका लागि सकारात्मक रुपले परीक्षण गरेँ ।’
‘ठिक छ, आज बिहान मेरो पूर्ण रुपमा परीक्षण भयो । अर्थात्, मेरो परीक्षण नकारात्मक आयो ।’
ट्रम्पले शुक्रबार फोर्ड कारखानाको अवलोकन गर्नेछन् जसले भेन्टिलेटर्स बनाइरहेको छ ।
यो हप्ताको सुरुमा कम्पनीका प्रवक्ताले यो भ्रमणका बेला राष्ट्रपतिले मास्क लगाउनुपर्ने बताएका छन् ।
कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्म ट्रम्पले मास्क लगाएको देखिएका छैनन् ।
ह्वाइट हाउस कर्मचारीका केही सदस्य कोरोना भाइरसद्वार संक्रसमत पाइएका छन् जसका कारण ट्रम्प र उप–राष्ट्रपति माइक पेन्सको दैनिक परीक्षण भइरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण