भारतबाट फर्किएका १५ जनामा आरडीटी पोजेटिभ
कैलाली । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका १५ जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको छ ।
तीन दिनयता ३ हजार २५५ नेपाली भारतबाट नेपाल प्रवेश गरेको भएपनि किटको अभावमा ६७० जनाको मात्र आरडीटी परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये १५ जनामा आरडीटी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालसिह धामीले जानकारी दिए ।
पोजेटिभ देखिएकाको पीसीआर चेकजाँच हुदैछ । अहिले उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको धामीले बताए । अन्यको भने आरडीटी किटको अभावमा चेकजाँच नगरी सम्बन्धित जिल्लाको स्थानीय तहको जिम्मा लगाइएको उनले बताए ।
भारतबाट धमाधम नेपाली नागरिक नेपाल प्रवेश गर्न थालेपछि यो प्रदेशमा कोभिड–१९ को जोखिम बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीको भनाइ छ ।
हजारौँको संख्यामा नेपालीहरु भारतवाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्न थालेपछि कोभिड–१९ को जोखिम बढ्ने होकी भन्ने चिन्ता हुन थालेको उनले बताए ।
तीन दिनयता मात्रै कैलालीको त्रिनगर भन्सार नाका हुँदै ३ हजार २५६ नेपाली भारतबाट नेपाल प्रवेश गरेको उनले बताए ।
यसरी दिनहुँजसो नेपाली नेपाल प्रवेश गर्न थालेपछि सामान्य चेकजाँच र व्यवस्थापनमा कठिनाइ हुन थालेको उनले बताए ।
भारतमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि सीमा नाकामा भारतबाट घर फर्कने नेपालीको भीड लाग्ने गरेको उनले बताए ।
कैलालीमा हाल करिब ६ सय जतिमात्र किट मौज्दात रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । प्रदेशका अन्य जिल्लाहरुमा पनि केही किट मौज्दात रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण