क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या
शनिबार, १७ जेठ २०७७, २२ : ५१
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्काले पुष्टि गरेका छन् । ।
शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको प्रहरी उपरिक्ष (एसपी) खड्काले बताए । आत्महत्या गर्ने परियारको मानसिक सन्तुलन ठिक नभएको हल्ला बाहिर आएको छ, तर पुष्टि भएको छैन ।
अहिले त्यहाँका क्वारेन्टाइनमा कोहि फर्केर नजाने र केहो स्यवंसेवक खटाएर स्कुलमा कोचिएर राख्ने गरेको गुनासो सुनिन थालेको छ । यहाँका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि स्थानीय सरकार आफै गायब भएको क्वारेन्टाइनमा बस्नेहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार