कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगीः नरेन्द्र मोदी
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।
कोरोनाभाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेकोमा उनले आइतबार जोड दिए । योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।
मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरे । ‘मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरोनाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने गर्नुभएको छ’ उनले भने ।
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले योगको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका हुन् । हरेक वर्षको जुन २१ तारिखका दिन विश्वभरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा