कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगीः नरेन्द्र मोदी
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।
कोरोनाभाइरसलाई पराजित गर्न पनि योगाभ्यासको आवश्यकता रहेकोमा उनले आइतबार जोड दिए । योगाभ्यासले शारीरको क्षमता बढाउने र क्षमता बढाएमा कोरोनाभाइरसलाई जित्न सकिने भएकाले कोरोना संकटका बेलामा योगाभ्यास अझ उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।
मासिक रेडियो कार्यक्रम ‘मन की बात’ मा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले योगाभ्यास र आयुर्वेदलाई विश्वभरका नेताहरुले चासो राख्ने गरेको उल्लेख गरे । ‘मैले विश्व नेताहरुसँग कुराकानी गर्नेक्रममा योगाभ्यास र आयुर्वेदले कोरोनाभाइरस विरुद्धको उपचारका लागि सहयोग गर्न सक्ने बारेमा चासो राख्ने गर्नुभएको छ’ उनले भने ।
अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री मोदीले योगको महत्व र उपयोगिताका बारेमा चर्चा गरेका हुन् । हरेक वर्षको जुन २१ तारिखका दिन विश्वभरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण