अर्घाखाँचीमा थप १ जनामा कोरोना पुष्टि, संख्या ४ पुग्यो
बिहीबार, २२ जेठ २०७७, २० : ११
बुटवल । अर्घाखाँचीमा बिहिबार थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित त्यस जिल्लमा संक्रमितको संख्या ४ पुगेको छ । जिल्ला सितगंगा नगरपालिका ७ का ३६ वर्षीय युवामा अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार प्रादेशिक प्रयोगशाला भैरहवाबाट ती युवाको रिर्पोट पोजेटिभ आएको हो । उनलाई सदरमुकामको आईसोलेशनमा ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज आचार्यले बताए । ‘लिन पठाईएको छ, उनी भारतबाट आएको बुझिएको छ,थप कुरा बुझ्न बाँकी छ’ प्रजिअ आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण