सरकारको चेत अझै खुलेन: अध्यक्ष राणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले महामारीले मानवजातिलाई प्रकृतिबारे सोच्न बाध्य बनाए पनि सरकारको चेत नखुलेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ट्वीट गर्दै राप्रपा अध्यक्ष राणाले वातावरणको सम्मान गर्न सके विश्व समाजकै कल्याण हुने बताए । यही अर्थमा नेपालमा पनि शासक वर्गको मनमष्तिक परिवर्तन हुनुपर्छ भन्ने भनाइ सार्वजनिक गरे ।
‘वातावरणको सम्मानमा मानवजातिको कल्याण छ । कोरोना प्रकोपले प्रकृतिसँगको सम्बन्धबारे विश्वलाई सोच्न बाध्य तुल्याएको छ । बजेटको सूचना चुह्यो भन्ने नैतिक प्रश्नसँगै विद्युतीय सवारीमा बढ्दो करले अर्थमन्त्री, सरकारको चेत नखुलेको प्रष्ट छ,’ राणाले भने ।
वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको अन्तरसम्बन्धमा जोड दिँदै उनले भने, ‘वातावरण दिवसमा मनमष्तिक परिवर्तन होस् भन्ने कामना ।’ कोरोना महामारीसँगै कायम रहेको बन्दाबन्दीको समयमा प्रकृति र पर्यावरणको क्षेत्रमा राहत महसुस गरिएको छ । प्रदुषण घटेसँगै वायुमण्डल, नदिनाला लगायतमा सकारात्मक प्रभावहरू देखा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण