पूर्वप्रधानमन्त्रीहरू अझै सरकारी कार्यविधि नाघेर सुरक्षाकर्मीको दुरुपयोग गर्दै
काठमाडौं – पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि नाघेरै सुरक्षाकर्मीको दुरुपयोग गर्दै आएका छन् ।
सरकारले पूर्वप्रधानमन्त्रीदेखि पूर्वउपप्रधान तथा मन्त्रीहरूसहित अन्य विशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेपछि केहीले भने त्यसरी खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेका छन् । कतिपय पूर्वविशिष्टहरूले आफैं सुरक्षाकर्मीलाई फिर्ता पठाएका छन् ।
सशस्त्र प्रहरीका डीआईजी एवं प्रवक्ता प्रवीणकुमार श्रेष्ठले पूर्वउपप्रधान, पूर्वगृहमन्त्रीबाट सुरक्षाकर्मी फिर्ता भएको र पूर्वप्रधानमन्त्री र पूर्वराजाबाट फिर्ता भएकोबारे जानकारी नरहेको बताए ।
सरकारले बनाएको नयाँ कार्यविधिमा भने पूर्वगृहमन्त्रीलाई दुई जना सुरक्षाकर्मी दिने उल्लेख छ । गृहले लगेको नयाँ कार्यविधिमा पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाका लागि भने ४ देखि ६ जना मात्रै दिने उल्लेख छ । तर, हालसम्म पूर्वप्रधानमन्त्रीको सुरक्षामा दुई दर्जनभन्दा बढी सुरक्षाकर्मी खटिँदै आएका छन् । कार्यविधिमा सुविधास्वरूप दिइँदै आइएको पछुवा गाडीसमेत फिर्ता गर्ने उल्लेख छ । सो कार्यविधि छलफलकै क्रममा छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण