चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
बिहीबार, ०७ साउन २०८३, १३ : ३३
सारांश
- काठमाडौंको चोभारमा बागमती नदीमा पौडी खेल्न हामफालेका एक युवक बेपत्ता भएका छन् ।
- कपडा र मोबाइल नदी किनारमा राखेर जलबिनायक मन्दिर नजिकबाट युवकले नदीमा हामफालेका हुन् ।
- युवकको खोजी कार्य जारी छ र उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापन टोली र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
काठमाडौं । काठमाडौंको चोभारमा पौडी खेल्न भनेर बागमतीमा हामाफालेका युवक बेपत्ता भएका छन् ।
कपडा र मोबाइल नदी किनारमा राखेर जलबिनायक मन्दिर नजिकबाट युवक हामफालेका हुन् ।
उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए ।
साथीहरुसँग चोभारमा गएका युवक ‘गर्मि भयो’ भन्दै नदीमा पौडी खेल्न भनेर हामफालेका हुन् । उनको पहिचान खुलेको छैन । उद्धारका लागि प्रहरीको विपद् व्यवस्थापनको टोली र सशस्त्रका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण