विदेशबाट फर्किन चाहनेहरुको तथ्याँक अनलाइनबाट संकलन गर्दै प्रदेश १ सरकार
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकहरुको लागि अनलनाइनबाट तथ्याँक संकलन शुरु गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका नागरिकहरुको तथ्याँक संकलन गर्ने गरी अनलाइन फारम भर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको हो । उक्त तथ्याँक संकलन गर्ने फारमको मुख्यमन्त्री शेरधन राईले आज शुभारम्भ गरेका छन् ।
गत जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले विदेशमा रहेका प्रदेशका नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्याँक संकलन गर्ने निर्णय गरेको थियो । उक्त तथ्यांक जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउर मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ । यो फारम भरेर फर्किएका आफ्ना नागरिकहरुको सीपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए ।
‘विदेशबाट फर्कन चाहेका, फर्किएका युवाहरुको सीपलाई हाम्रो प्रदेशको विकासमा लगाउन चाहन्छौं’ मुख्यमन्त्री राईले भने । तथ्याँक संकलन हुने फारममा युवाहरुको रुचिका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने उनको भनाई छ । विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरुलाई उद्यमा जोड्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण