कोरोना परीक्षणमा नेपालको अवस्था राम्रो
शुक्रबार, ३० जेठ २०७७, ०६ : ४५
काठमाडौं – एसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ ।
विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्र्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ ।
कोभिड–१९ बारे ताजा तथ्याङ्क दिने वेबसाइट वल्र्डमिटरका अनुसार प्रति १० लाख जनसङ्ख्यामा नेपालले नौ हजार ७४५ जनाको कोरोना परीक्षण गरिरहेको छ । जुन सार्क मुलुकमा अरूकोभन्दा राम्रो हो ।
छिमेकी देश भारतमा १० लाख जनसङ्ख्यामा तीन हजार ६७० जनाको परीक्षण भएको छ । तथ्याङ्कले जापान, थाइल्यान्ड र पाकिस्तानभन्दा पनि नेपाल अगाडि देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण