दाङमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु
आइतबार, ३२ जेठ २०७७, १६ : २९
बुटवल । दाङमा ट्याक्टर दुर्घटना हुँदा आज १ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार दाङबाट विद्युतको पोल लिएर प्यूठान जाँदै गरेको रा १ त २७७५ नम्बरको ट्याक्टर शनिबार बेलुका दाङको बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा पल्टिँदा बंगलाचुली–७ हाँशिपुरका चालक २० वर्षीय रामबहादुर बुढाको मृत्यु भएको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा प्यूठानको स्वर्गद्वारी नगरपालिका–९ सिमले घर भएका सहचालक १८ वर्षीय भेषराज घर्ती मगर र बंगलाचुली–१ बाह्रबिसेका ३२ वर्षीय ईश्वर जिसी घाइते भएका छन् । उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण