‘२५ करोडको पढाइ बजेट सक्ने मेलो मात्रै हुने हो कि ?’
काठमाडौं – कोरोना त्रासका कारण नियमित पढाइबाट वञ्चित विद्यार्थीका लागि सरकारले २५ करोड बजेटमा एक महिने कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालय गएर हुने शैक्षिक क्रियाकलापभन्दा यसमा भिन्न तरिकाबाट सिकाउन खोजिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
तर, कुन विद्यार्थी कस्तो अवस्थामा छन् भन्ने निक्र्योल नभएका कारण बजेट सक्ने मेलो मात्र हुने हो कि भन्ने शंका मन्त्रालयकै अधिकारीमा छ ।
कक्षा १ देखि १० सम्मका ६० लाख विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको हो । लकडाउनका कारण चैत ११ गतेदेखि मुलुकभरका शैक्षिक संस्था बन्द छन् । लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको सिकाइ क्षमतामा ह्रास आउने मन्त्रालयका अधिकारी बताउँछन् ।
कसरी सिकाउने भनेर अलमलमा परेको मन्त्रालयले निर्देशिका जारी गरी चारवटा वैकल्पिक उपाय अपनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण