अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने
एजेन्सी । औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाका प्रमुख कार्यकारी पाकस्ताल सोरोइटले अक्टुबरबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा आउन सक्ने दाबी गरेका छन् । यस भ्याक्सिनले झन्डै एक वर्षका लागि रोगबाट रक्षा गर्ने उनले बताएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले बेलायत सरकारसँग सहकार्य गरिरहेको छ । मानिसमा यस भ्याक्सिनको परीक्षण जारी रहेका बेला एस्ट्रोजोनले विश्वभर २ बिलियन डोज उपलब्ध गराउनेगरी बेलायत सरकारसँग सम्झौता गरिसकेको छ ।
सोरोइटले मंगलबार बेल्जियम रेडियोसँगको कुराकानीमा तेस्रो चरणको ट्रायल सुरु भइसकेको जानकारी दिएका हुन् । प्रायः तेस्रो चरणको ट्रायल क्लिनिकल विकासको अन्तिम चरण हुनेगर्छ र यसक्रममा सुरक्षा र प्रभावकारिता जाँच्नका लागि हजारौं मानिसलाई भ्याक्सिन दिइन्छ ।
यस भ्याक्सिनले उपलब्ध गराउने सम्भावित सुरक्षाबारे सोरियोटले भनेका छन्, ‘मलाई लाग्छ यसले झन्डै एक वर्षसम्म रक्षा गर्छ । सबै राम्रो भयो भने हामीसँग अगस्ट वा सेप्टेम्बरमा क्लिनिकल ट्रायलको नतिजा हुनेछ । हामी एकसाथ उत्पादन पनि गर्दैछौं । यदि सबै राम्रो भयो भने अक्टुबरबाट हामी बजारमा पु¥याउन तयार हुनेछौं ।’
एजेटडी–१२२२ नाम दिइएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन चिम्पान्जीलाई संक्रमित गर्ने रुघाखोकीको कमजोर भर्सनमा आधारित छ । यसमा सार्स–कोभ २ को स्पाइक प्रोटिनको जेनेटिकल मेटेरियल पनि समावेश छ । खोप लगाइसकेपछि मानिसको प्रतिरोधी प्रणाली कोभिड–१९ ले संक्रमण गरेमा यसविरुद्ध लड्न तयार हुनेछ । बेलायत सरकारले कोरोना भाइरसकै भ्याक्सिन विकास गरिरहेको लन्डन इपेरियल कलेजलाई पनि ४१ मिलियन पाउन्ड सहयोग गरिसकेको छ । यस भ्याक्सिनको परीक्षण यसै साता मानिसमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण