फोहोरबाट मोहोर बटुल्दै मध्यपुर थिमी
मध्यपुर थिमी नगरपालिकाले घरबाट निस्कने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउन सुरु गरेको करिब दुई वर्ष पुग्न लाग्यो । कुहिने फोहोरलाई जापानी प्रविधिबाट मल बनाउन थालेपछि नगरपालिकाको आम्दानी बढ्नुका साथै किसानलाई समेत राहत पुगेको छ ।
दुई वर्षभित्र नगरपालिकाले तीन करोड रुपियाँको मल मात्र बिक्री गरेको छ भने यस प्रविधिबाट फोहोरलाई मल बनाउन विभिन्न क्षेत्रका गरी १२५ जनालाई तालिमसमेत प्रदान गरेको छ । नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने, “अरू नगरपालिकालाई फोहोर समस्या भएको छ तर मध्यपुरलाई आम्दानीको स्रोत भएको छ ।” नगरपालिकाले जापानको टोबा सहरमा स्थलगत रूपमा अवलोकन गरी जापानी प्रविधिबाट मल उत्पादन गर्न सुरु गरेको हो ।
मल उत्पादन प्रभावकारी भएपछि नगरपालिकाले यसलाई प्रशिक्षण केन्द्रको रूपमा विकास गर्ने आन्तरिक तयारी गरेको छ । नगरपालिकाको आर्थिक लगानी र रिकिसी प्रालिको प्राविधिक सहयोगमा मल उत्पादन कार्य सुरु गरिएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ । यही प्रविधिबाट मल उत्पादन गर्न काठमाडौँ महानगरपालिका, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, सूर्यविनायक, टोखा, चन्द्रागिरि नगरपालिकाले स्थलगत अध्ययन गरिसकेका छन् ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण