अस्पताल सरसफाइ कर्मचारीको पीडा, परिवार सम्झँदा झसङ्ग हुन्छौं
‘आइसोलेसन वार्डको सरसफाइमा निरन्तर एक हप्ता खटिएपछि अस्पतालले १२ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ, तर म क्वारेन्टाइनमा बसेँ भने छोराहरु भोकै हुन्छन्’, बागलुङको बडिगाड गाउँपालिका–३ की ३४ वर्षीया बुद्धिमाया घर्ती भन्छिन्– ‘१४ र १७ वर्षका अपाङ्गता भएका २ छोरा छन्, श्रीमान् वितेको ६ वर्ष भयो, उनीहरुको म र मेरो उनीहरुबाहेक संसारमा कोही छैन ।’
चैत १५ गते बागलुङ जिल्लामा पहिलो कोरोना संक्रमित भेटिएपछि अहिलेसम्म बुद्धिमाया धौलागिरी अस्पततालको आइसोलेसन वार्डको सरसफाइ र संक्रमितको मनोबल बढाउने काममा लागेकी छिन् ।
‘शुरुका दिनमा निकै डर लाग्थ्यो, पीपीई लगाएपछि स्वास फेर्नै ग्राहो हुने, थरथर मुटु काप्ने’, बुद्धिमाया भन्छिन्– ‘डाक्टर र सिस्टरले सम्झाइबुझाइ गरेपछि आजभोलि बानी परेको छ ।’ आइसोलेसनको सरसफाइमा निरन्तर एक हप्तासम्म खटिएपछि अनिवार्य रुपमा अस्पतालले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने अस्पतालले व्यवस्था गरेको छ ।
तर बुद्धिमायालाई अस्पताल र आइसोलेसनको मात्र होइन अपाङ्गता भएका छोराहरुको समेत सरसफाइ, रेखदेख र खानपानको व्यवस्था गर्नुपर्ने भएकाले क्वारेन्टाइनमा बस्ने बातावरण छैन ।
‘अस्पतालमा कार्यालय सहयोगीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो’, उनले भनिन्– ‘अहिलेसम्म यति धेरै डरत्रास कहिलै लागेको थिएन ।’ ‘म आफूलाई कोरोना लागे त सञ्चो होला, अपाङ्गता भएका, जेष्ठ नागरिक र बालबालिकालाई छिटो संक्रमण हुन्छ भन्छन्’, बुद्धिमायाले भनिन्– ‘मेरा अपाङ्गता भएका छोरालाई मेरो कारणले संक्रमण भयो भने कसरी बचाउँला ।’
धौलागिरी अस्पताल बागलुङको आइसोलेसन वार्डमा १ महिला, १ बालक र १३ जना पुरुषसहित १५ जना छन् । जसमध्ये ११ जना कोरोना संक्रमित हुन् । ३ जना आशंकामा राखिएको छ भने १ बालक आमासँग बसेका छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण