राष्ट्रिय निबन्ध प्रतियोगिता गर्दै नाटकघर शैली थियटर
काठमाडौं । लामो समयदेखि नाटक क्षेत्रमा निरन्तर काम गर्दै आईरहेको शैली थियटर यतिखेर बालबालिका केन्द्रित विभिन्न सृजनात्मक काम गरिरहेको छ । केही समय अघि विश्व बाल कविता महोत्सव आयोजना गरेको शैलीले अहिले भने प्रतियोगिता आयोजना गरेको छ ।
नेपाल वातावरण पत्रकार समूह नेफेजसँग मिलेर शैलीले निबन्ध प्रतियोगिता गर्न लागेको हो । जसमा ९ देखि ११ कक्षामा पढ्ने विद्यार्थीले भाग लिन पाउने छन् । ‘लकडाउन बिस्तारै खुकुलो भएता पनि नाटकघर सञ्चालन नगर्ने अवस्था नभएकोले अहिले केही न केही काम गर्नुपर्छ भनेर निबन्ध प्रतियोगिता गर्न लागेको शैली थियटरका अध्यक्ष नवराज बुढाथोकीले बताए । ‘भौतिक दूरी कायम गरेर, अनलाईनको माध्यमबाट जे जति गर्न सकिन्छ । त्यसैमा केन्द्रित हुने प्रयास स्वरुप नेपाल वातावरण पत्रकार समूह नेफेजको सहयोगमा निबन्ध प्रतियोगिता आयोजना गरिएको हो’ अध्यक्ष बुढाथोकीले थपे ।
शैली थिएटरले आफ्नो स्थापनाकाल देखिनै बालबालिका केन्द्रित रहेर विभिन्न कार्य गर्दै आईरहेको छ । राष्ट्रिय बाल नाटक महोत्सवको एघारौं संस्करण पूरा गरिसकेको शैलीले यसपटक नाटक बाहेक साहित्यका अन्य पाटोमा पनि हात हालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण