बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय निबन्ध प्रतियोगिता गर्दै नाटकघर शैली थियटर

बुधबार, ०३ असार २०७७, १६ : ५०
बुधबार, ०३ असार २०७७

काठमाडौं । लामो समयदेखि नाटक क्षेत्रमा निरन्तर काम गर्दै आईरहेको शैली थियटर यतिखेर बालबालिका केन्द्रित विभिन्न सृजनात्मक काम गरिरहेको छ । केही समय अघि विश्व बाल कविता महोत्सव आयोजना गरेको शैलीले अहिले भने प्रतियोगिता आयोजना गरेको छ । 

नेपाल वातावरण पत्रकार समूह नेफेजसँग मिलेर शैलीले निबन्ध प्रतियोगिता गर्न लागेको हो । जसमा ९ देखि ११ कक्षामा पढ्ने विद्यार्थीले भाग लिन पाउने छन् । ‘लकडाउन बिस्तारै खुकुलो भएता पनि नाटकघर सञ्चालन नगर्ने अवस्था नभएकोले अहिले केही न केही काम गर्नुपर्छ भनेर निबन्ध प्रतियोगिता गर्न लागेको शैली थियटरका अध्यक्ष नवराज बुढाथोकीले बताए । ‘भौतिक दूरी कायम गरेर, अनलाईनको माध्यमबाट जे जति गर्न सकिन्छ । त्यसैमा केन्द्रित हुने प्रयास स्वरुप नेपाल वातावरण पत्रकार समूह नेफेजको सहयोगमा निबन्ध प्रतियोगिता आयोजना गरिएको हो’ अध्यक्ष बुढाथोकीले थपे । 

शैली थिएटरले आफ्नो स्थापनाकाल देखिनै बालबालिका केन्द्रित रहेर विभिन्न कार्य गर्दै आईरहेको छ । राष्ट्रिय बाल नाटक महोत्सवको एघारौं संस्करण पूरा गरिसकेको शैलीले यसपटक नाटक बाहेक साहित्यका अन्य पाटोमा पनि हात हालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप