ओपो सीभीपीआर २०२०मा तीन पुरस्कारबाट पुरस्कृत
काठमाडौं– स्मार्टफोन ब्राण्ड ओपोले सीभीपीआर २०२० मा उत्कृष्ठ तीन पुरस्का प्राप्त गर्न सफल भएको छ । ओपोले भर्चुअल्ली आयोजित कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२०मा सहभागिता जनाएको थियो ।
सीभीपीआर २०२०मा ओपोले विशेष गरी एआई स्पेश क्षेत्र अन्तर्गत, उद्योगकै अग्रणी प्राविधिक क्षमता तथा नव प्रबर्तनात्मक सफलताहरु प्रदर्शित गरेको थियो । साथै, कम्पनीले रिसर्च इन्स्टिच्यूटमार्फत अत्याधुनिक एआई प्रविधिको अन्वेषण गर्ने लक्ष्यका साथ ईन्टेलिजेन्ट पर्सेप्सन एण्ड ईन्टर एक्सनको नयाँ विभाग सुरुवातको घोषणा पनि गरेको छ ।
सीभीपीआर २०२०मा तीन भिन्न प्रतिस्पर्धामा सहभागिता जनाउँदै २ ओटा प्रथम र २ ओट दोस्रो स्थान हात पारी ओपोले आफ्नो सफलता प्रदर्शित गरेको हो । प्रतिस्पर्धामा उपाधी हात पार्न सफल प्रविधिहरुमा धमिलो तस्विरलाई प्राकृतिक रुपमा १६ गुणा सम्म स्पस्ट पार्ने पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूसन प्रविधि, तस्विरको विश्लेषण तथा भिडियोमा मानव क्रियाकलापको पहिचान गरी तस्विर कहाँ खिचिएको हो भन्ने जानकारी लिन सक्ने भिज्यूअल लोकलाइजेसन रहेका छन् ।

ओपो रिचर्स एण्ड डेभलपमेन्ट समूहका सदस्यहरुले किनोट प्रस्तुति दिनुका साथै सम्मेलनका विभिन्न सत्रहरुमा सहभागिता जनाउँदै विश्वभरका हजारौँ अग्रणी अन्वेषकहरु माझ कम्प्युटर भिजन टेक्नोलोजिज् प्रति आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
सीभीपीआर आइइइई (द इन्स्टिच्यूट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनियर्स) द्वारा वार्षिक रुपमा आयोजना हुने एक प्रमुख कम्प्यूटर भिजन ईभेन्ट हो । यसले कम्प्यूटर भिजन तथा प्याटर्न रिकग्निसन, मेसिन लर्निङ र एआई लगायतका हरेक पाटो समेत्दै विद्यार्थी, शिक्षाबिद् तथा औद्योगिक अन्वेषकहरुलाई सघाव पु¥याउने पहल गर्छ ।

‘यस वर्षको सीभीपीआर च्यालेन्जमा हाम्रा तीन प्रमुख अनुसन्धान दिशाः वातावरणिय दृष्टिकोण, मानव केन्द्रित कम्प्यूटिङ र इमेज÷भिडियो जेनरेसनअन्तर्गत ओपोका लागि उल्लेखनिय नतिजा हात पार्न सफल हुँदा हामी निकै प्रशन्न छौँ ।’ ओपोका लागि इन्टेलिजेन्ट पर्सेप्सनका चिफ साइन्टिस्ट, एरिक गुओले भने, ‘ओपो रिसर्च इन्स्टिच्यूट अन्तर्गत इन्टेलिजेन्ट पर्सेप्सन एण्ड इन्टरएक्सन रिचर्स डिपार्टमेन्टको स्थापना पछि हाम्रो आर एण्ड डी नतिजाको यो नै पहिलो सार्वजनिक प्रदर्शनी हो । यसले हाम्रो एआई क्षमताको सटिक प्रमाण दिन सफल भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण