अमेरिका, इजराइलसमेत ८१ देशमा कोरोनाको दोस्रो लहर, लकडाउन हटाउँदा जोखिम बढेको डब्ल्यूएचओको ठहर
संसारका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर उठेको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।
टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्लो दुई हप्तामा संक्रमण थप तीब्र गतिमा बढेको बताइएको छ ।
अफ्रिकामा सय दिनमा १ लाख संक्रमित देखिएका थिए । अब १९ दिनमा नै यहाँ संक्रमितको संख्या दोब्बर भएको छ । दक्षिण अफ्रिकामा दैनिक एक हजार संक्रमित भेटिएका छन् । ३६ देशमा मात्रै कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ ।
अमेरिकाः वासिङ्टन, न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ
अमेरिकाको वासिङ्टन र न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ । यस अन्तर्गत न्यूयोर्क सिटीमा सैलुन र अन्य पसल खोलिनेछन् । आउट डोर डिनर गर्न सकिनेछ । मेयर बिल डे ब्लासियोले शहरका सीमा पनि खोल्ने तयारी भएको जानकारी दिए । वासिङ्टनमा अनलक–टु मा रेष्टुरेन्ट, खुद्रा पसल खोलिनेछन् । धार्मिक स्थलमा सय जनाभन्दा बढी जम्मा हुन सक्नेछन् । अमेरिकामा हामलम्म कोरोनाका २३ लाख ३० हजार बढी संक्रमित भेटिएका छन् । साथै १ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण