सुदूरपश्चिममा कोभिड–१९ का क्रियाशील संक्रमितको संख्या ८६५ पुग्यो
आइतबार, ०७ असार २०७७, २२ : ४२
कैलाली । सुदूर पश्चिम प्रदेशमा कोभिड–१९ का कृयाशील संक्रमितको संख्या ८६५ पुगेको छ । आईतबार थप ७६ जनामा कोभिड १९ को संक्रमण पुस्टी भए पछि सो संख्या ८६५ पुगेको हो । आईतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पताल कोभिड १९ को प्रयोग शालाबाट गरिएको परीक्षण बाट ४३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै १३८ जना संक्रमित निको भई घर गइसकेका छन् भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
पुष्टि भएकामध्ये कैलालीका २४ पुरुष, ८ महिला, कञ्चनपुर २ पुरुष, १ महिला, बैतडी २ पुरुष, डडेल्धुरा १३ पुरुष,३ महिला रहेका छन् । त्यसैगरी डोटी १८ पुरुष, ३ महिला, बाजुरा १ परुष र १ महिलामा पुष्टि भएको जनाइएको छ । सामाजिक विकास मन्त्रालयले कुराको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण