देशभर दसवटा सिग्नेचर पुल बन्ने
काठमाडौं – देशभर दसवटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको छ । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।
दसवटा आकर्षक पुल निर्माण गर्न विश्व बैङ्कसँग ऋण सहयोग सम्झौता भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शङ्खमूल, काठमाडौँ), तिनाउ नदी (बुटवल), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट)मा ‘सिग्नेचर पुल’ निर्माण हुन लागेको हो ।
सडक विभागको पुल महाशाखाका प्रमुख दीपक भट्टराईले ‘सिग्नेचर पुल’ निर्माण हुने स्थान चयन भई अध्ययन भइरहेको जानकारी दिए । उनका अनुसार ‘चिनियाँ, भारतीय र स्विस पुल विज्ञहरूबाट अहिले अध्ययन भइरहेको छ ।
पुलको अध्ययन तथा डिजाइन नेपाल सरकारले आफ्नै लगानीमा गर्ने तथा निर्माण आन्तरिक स्रोत र दातृ निकायको सहयोगमा गरिने जानकारी प्रमुख भट्टराईले दिए । ‘सिग्नेचर पुल’को निर्माण लागत अन्य साधारण पुलको भन्दा महँगो हुन्छ । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिने ‘सिग्नेचर पुल’ चार लेनको तथा बाँकी पुल दुई लेनको हुने जानकारी उनले दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण