कर्ट कोबेनको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री
निरभानाको दिवंगत फ्रन्टम्यान कर्ट कोबेनले अकुस्टिक कन्सर्टमा प्रयोग गरेको गितार कीर्तिमानी ६० लाख डलरमा बिक्री भएको छ । कोबेनले रेट्रो अकुस्टिक–इलेक्ट्रिक १९५९ मर्टिकन डी–१८ई गितारलाई सन् १९९३ को चर्चित एमटिभी अनप्लग्डमा प्रगोग गरेका थिए । सो कन्सर्टको पाँच महिनापछि उनले आत्महत्या गरेका थिए ।
जुलियन अक्सनका अनुसार कुनै पनि लिलामीमा ६०.१ लाख डलरमा बिक्री भएको गितार अहिलेसम्मकै सबैभन्दा महँगो रकम हो । यस अघि पिंक फ्लयोडका गितारिस्ट डेभिड गिल्मोरको फेन्डर स्ट्राटोकास्टर सर्वाधिक महँगो रकममा बिक्री भएको थियो । सन् २०१९ को जुनमा भएको च्यारिटी लिलामीमा उक्त गितार ४० लाख डलरमा बिक्री भएको थियो ।

लस एन्जलिसमा भएको लिलामी १० लाख डलरबाट सुरु भएको थियो । यसलाई रोड माइक्रोफोनका संस्थापक पिटर फ्रिडम्यानले जिते ।
गीतारसँगै उनले गीतारको केस पनि प्राप्त गर्ने छन् जसमा कोबेनले पोइजन आइडियाको सन् १९९० को एल्बम फिल द डार्कनेसको कभरले सजाएका छन् ।
सन् १९९३ को नोभेम्बर १८ मा भएको निरभानाको अकुस्टिक प्रस्तुतिलाई इतिहासकै सबैभन्दा उत्कृष्ट लाइभ पर्फमेन्सहरुमध्ये एक मानिन्छ ।
स्रोत : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण