थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुग्यो
सोमबार नेपालमा ७४ महिला र ४ सय ६१ पुरुष गरी ५ सय ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक नेपालका ७६ जिल्लामा अहिलेसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोसी अस्पताल विराटनगरमा भएको परीक्षणमा १० जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा ७ जना, गजेन्द्र नारायणसिंह प्रयोगशालामा ११ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा १३ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणमा २ सय ८३ जना, भरतपुर अस्पताल प्रयोगशालामा भएको परीक्षणमा २१ जना, धुलिखेल अस्पताल प्रयोगशालामा भएको परीक्षणमा ४२ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए ।
यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा भएको परीक्षणमा २० जना, प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा भएको परीक्षणमा १ सय ३ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा १३ जनामा कोराना पोजेटिभ देखिएको छ ।
आज पीसीआर विधिबाट ६ हजार १ सय ९८ जनाको परीक्षण भएको छ । आजसम्म जम्मा पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए ।
यस्तै आरडिटी विधिबाट आज ५ हजार ९ सय २९ गररी २ लाख ६८ हजार १ सय ३ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ९० हजार ७ सय ३० जना रहेका छन् । ७ हजार ७ सय ८९ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ । अहिलेसम्म कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या २ हजार १ सय ४२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण