संसारभरी कोरोना संक्रिमतको संख्या ९० लाख पार
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या ९० ललाख पार भइसकेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार संसारभरी कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।
हालसम्म यो महामारीले ४ लाख ७४ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् जबकि त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।
ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ ।
रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य र विद्युत्मा लग्जरी कर उपयुक्त छैन : गगन थापा
-
ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा परेको रिट खारेज
-
विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
-
यामाबुद्ध स्केट पार्कमा नवौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप
-
उजुरीकै भरमा हतकडी लगाएर हिरासतमा राख्नु कति जायज हो ?
-
बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण