शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

शुक्रबार, १२ असार २०७७, ०६ : ५०
शुक्रबार, १२ असार २०७७

काठमाडौं – ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातत्त्व विभागले जनाएको छ ।

पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । 

उनले भने, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’

चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उनले स्पष्ट पारे । उनका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । 

केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उनले स्पष्ट पारे । यो समाचार आजको राजधानी दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप