कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ: भारतीय प्रधानमन्त्री मोदी
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।
प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राखे । ‘हामी सबै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,’ उनले एक कार्यक्रममा भने ।
यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउँदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए । यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण