सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने
काठमाडौं – बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् ।
भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ । बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ ।
जोखिम कसरी कम गर्ने ?
– दुई मिटर दूरी कायम गर्ने
– कतै निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने
– साबुनपानीले हात धुने
– हात नाकमुखमा नलैजाने
– कार्यस्थलमा जमघट नगर्ने
सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ । लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ ।
चिकित्सकले भौतिक दूरी कायम गर्दै आफ्ना गतिविधि अगाडि बढाउन आग्रह गरे पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । व्यवस्थित तरिकाले मास्क लगाउँदा संक्रमणको दर घटेको विभिन्न अध्ययनले देखाएको छ । तर, अहिले पनि सहर बजारमा कतिपय व्यक्ति मास्कविनै हिँडडुल गरिरहेका छन् ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भौतिक दूरी कायम नहुँदा जोखिमको सम्भावना बढी रहने बताए । उनले भने, ‘सार्वजनिक स्थलमा जाँदा व्यवस्थित तरिकाले मास्क नलगाउँदा जोखिम हुने सम्भावना रहन्छ । बाहिर हिँड्दा हात नाक र मुखमा लैजानुहुँदैन ।’ कार्यस्थलमा काम गर्दा भौतिक दूरी कायम गरेर बस्ने र कम कर्मचारीमार्फत काम गर्दा जोखिम कम हुने डा. पुनले बताए । विज्ञहरू कार्यस्थलमा जमघट नगर्ने, भौतिक दूरी कायम गरेर कुराकानी गर्नुपर्ने बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण