बैतडीमा ट्रक दुर्घटना: सहचालकको मृत्यु
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना गम्भीर घाइते भएका छन । जिल्लाको पाटन नगरपालिका वडा नं ८ को धारिमा दाङगबाट बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरको ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका २ बुडरका २० वर्षीय सहचालक भुवन सुब्बाको मृत्यु भएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका ६ मलाखेतीका ट्रक धनीसमेत रहेका चालक ३३ वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको खोडपे प्रहरी चौकीका इन्चार्ज चन्द्रराज गिरीले जानकारी दिए । उनकाअनुसार मृतकको पोष्टपार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केद्र लगिएको र घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ ।
घाइतेको टाउकोमा गम्भीर चोट रहेको जनाइएको छ । दाङगबाट सिमेन्ट बोकेर बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरकोे मालबाहक ट्रक शनिबार साँझ ५ बजे दुर्घटनामा परेका हो । ट्रक सडक बाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण