प्रसूति इतिहासमा पहिलो रेकर्डः १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु
नेपालकै प्रसूति इतिहासमा पहिलोपटक १ सय ६८ किलो तौल भएकी महिलाले स्वस्थ शिशु जन्माएकी छिन् । नर्भिक इन्टरनेसनल अस्पतालमा असार १० गते कलंकीकी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिनुभएको हो ।
वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रिया गरी प्रसूति गराएकी थिइन् । नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा। शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।
असाधारण तौल र शारीरिक वनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसूति गराइएको डा. शर्माले बताइन्। सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरुको भनाइ छ ।
डा. शर्माले गर्भाधानको सुरुआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण