सलह बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने
काठमाडौं – सरकारले सलह फट्यांग्राको बथानमाथि निगरानी गर्न अन्तर्राष्ट्रिय निकायलाई गुहार्ने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो फट्यांग्राको बढी प्रकोप देखिएको भारतमा निगरानी गर्न संयुक्त राष्ट्र संघको विश्व खाद्य तथा कृषि संगठन (एफएओ) सँगै भारतको कृषि मन्त्रालयलाई गुहार्ने निर्णय गरेको छ ।
विभागीय मन्त्री घनश्याम भुसालको संयोजकत्वमा आइतबार बसेको बैठकमा भारतमा निगरानी गरी त्यसको आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न दुवै निकायलाई गुहारेर सहकार्य गर्ने निर्णय गरिएको हो । उनका अनुसार भारतको राजस्थानमा ठूलो बथान देखिएकाले त्यहाँबाट यो फट्यांग्राको ओहोरदोहोर हुन सक्ने निष्कर्ष निकालिएको छ । ‘भारतको राजस्थानमा अझै ठूलो बथान देखिँदैछ’, मन्त्री भुसालले भने, ‘हामीले नेपालमा नियन्त्रण गरे पनि फेरी उताबाट सर्न सक्ने जोखिम छ ।
त्यही भएर उताको अवस्थामाथि निगरानी राखेर नेपालमा प्रकोप नियन्त्रण गर्ने सवालमा एफएओ र भारतको कृषि मन्त्रालयलाई गुहारेर सहकार्य गर्ने निष्कर्ष निकालेका छौं ।’ उनका अनुसार एफएओ र भारतको कृषि मन्त्रालयको सहकार्यमा यो फट्यांग्राको विषयमा रुट ट्रयाकिङ गरिनेछ । त्यसकै आधारमा नेपालमा प्रकोप नियन्त्रण गर्न आवश्यक उपाय परिचालन गरिने भएको छ ।
बैठकमा गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन समिति, विज्ञ, वैज्ञानिकलगायत सहभागी थिए । मन्त्रालयले नेपालमा देखापरेको सलहको बथान निकै सानो रहेकाले यसले ठूलो परिमाणमा क्षति पु¥याउन नसक्ने दाबी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण