नेकपा विवाद : ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता
बुधबार, १७ असार २०७७, ११ : ४२
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा वार्ता भएको छ । पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच वार्ता भएको हो ।
स्थायी समिति बैठकअघि दुई अध्यक्षबीच जारी संकट समाधानको पहलस्वरुप छलफल भएकाे एक नेताले जानकारी दिए ।
दुई अध्यक्षबीचको छलफलपछि मात्रै स्थायी समिति बैठक सुरु भएकाे थियो ।
गत आइतबार प्रधानमन्त्रीले भारतले आफू नेतृत्वको सरकार ढाल्न लागेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद बढेको छ । मंगलबारको बैठकमा प्रचण्डले भारतले नभइ आफूले राजीनामा मागेको भन्दै अध्यक्ष र प्रधानमन्त्री पद छाड्न चेतावनी दिएका थिए । यस्तै बैठकमा बोल्ने अधिकांश सदस्यले पनि ओलीको राजीनामा मागेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
