पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नलिए निर्णायक संघर्ष गर्ने नेविसंघको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको दुःखी रहेको घाउमा नुनचुक छर्किने काम गरेको बताएको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले बुधबार एक विज्ञप्ति जारी गरी कोरोना महामारी र लकडाउनले जनताको आर्थिक अवस्था निकै नाजुक भएका बेला सरकारले लिएको मूल्य वृद्धीको निर्णयको घोर भत्सर्ना गरेका हुन्।
पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सामान ढुवानी खर्च वृद्धि भई अन्ततः सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य वृद्धि हुनु हो। यस बीचमा आकाशिएको मूल्य वृद्धि नियन्त्रण गरी यस्तो महामारीको बेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउनुको साटो सरकार जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्नु अत्यन्तै दुःखद् कुरा हो’ विज्ञप्तिमा भनिएको छ ।
जनताको दुःख र पीडामा साथ र सहयोग गर्ने समयमा सरकारले झन् पीडा दिने काम गरेको ढुंगानाले बताए । सरकारले हिजो राति १२ः ०० बजेबाट लागू हुने गरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघले जोडदार माग गरेको छ ।
सरकारले जनताप्रति निर्वाह गर्ने आधारभूत दायित्व नभुल्न चेतावनी दिँदै कोरोना संक्रमणको बेवास्ता गर्दै जनतालाई सडकमा आउन बाध्य नबनाउन नेविसंघको आग्रह छ । सरकारले निर्णय फिर्ता नगरिए नेविसंघ सरकारका विरुद्ध निर्णायक संघर्ष गर्न बाघ्य हुने ढुंगानाको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण