स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ नेताहरु परामर्शमा
काठमाडौं । जारी स्थायी कमिटी बैठक रोकेर नेकपाका ५ जना नेताहरु पार्टीभित्र चर्किएको विवाद मिलाउन परामर्शमा जुटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेल परामर्शमा जुटेका हुन् ।
अहिले उनीहरुबीच पार्टीभित्र उत्कर्षमा पुगेको विवादलाई कसरी टुङ्याउने भन्ने विषयमा छलफल चलिरहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले केही दिनअघि दिएको भारतविरोधी अभिव्यक्तिसँगै नेकपाभित्र अन्तरविरोध चुलिएको छ ।
ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत र पार्टीभित्रैबाट चलखल भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्ड, नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुले ओलीको चर्को आलोचना गरेका थिए । त्यसपछि ओली पक्ष र विरोधी खेमाले आन्तारिक छलफललाई तिव्रता दिँदै आएको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
-
बिमवाङमा खेलमैदान निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण