'इनफ इज इनफ' अभियानद्वारा आमरण अनसनसँगै प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौं । कोभिड-१९ को सवल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै 'कोभिड- १९ इनफ इज इनफ' अभियानले प्रदर्शन गरेको छ ।
बिहीबार पाटन दरबारस्थित कृष्णमन्दिर अगाडि भएको प्रदर्शनमा 'सरकारको लापरबाहीले जनता मर्दैछन्, आरडिटी रोक, पीसीआरको बढाउ, क्वारेन्टिन सुरक्षित गर' लगायतका नारा लगाएका थिए ।
यसअघि उक्त अभियानमा स्वतन्त्र युवाको मात्र सहभागी हुने गरेकोमा बिहीबारको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाको पनि सहभागिता रहेको थियो । राप्रपाका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमीलगायतका प्रदर्शनमा सहभागी थिए ।
कोभिड – १९ को सबल व्यवस्थापन तथा जनताको जीवन रक्षाको निम्ति भन्दै ईः, पुकार बम, सुधन गुरुङ र सुवानी सिजापति ७ दिनदेखि आमरण अनसनमा बसेको छन् ।
उनीहरुको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि विरोध प्रदर्शनलाई पनि अगाडि बढाउने योजना अनुसार आज प्रदर्शन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमसीए नेपालले थाल्यो ४०० केभी नयाँ बुटवल सबस्टेशन निर्माण
-
सामूहिक बलात्कार आरोपमा पोखराबाट ३ जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशको बजेट १० प्रतिशतले बढ्ने
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कटहर ब्लडप्रेसर, मधुमेहलगायत रोगका लागि फाइदाजनक
-
बालमन्दिर जग्गा घोटालामा को–को विरुद्ध जारी भयो पक्राउ पुर्जी ? (नामावलीसहित)