सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता

सोमबार, ०१ असार २०८३, ०८ : ३७
सोमबार, ०१ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफ को खेलमा स्विडेनले पहिलो हाफमा ट्युनिसियाविरुद्ध २-१ गोलको अग्रता लिएको छ ।
  • खेलको सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाए भने ३० औँ मिनेटमा अलेक्सान्डर इसाकले अग्रता दोब्बर पारे ।
  • पहिलो हाफको अन्त्यतिर ओमार रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काए ।

गुडालुपे । फिफा विश्वकप २०२६ मा स्विडेनले पहिलो हाफमा ट्युनिसियाविरुद्ध झिनो अग्रता बनाएको छ ।

समूह एफ अन्तरगत एस्टाडियो मोन्टेरेमा जारी खेलमा स्विडेनले २-१ गोलको अग्रता बनाएको हो ।

खेलको सातौँ मिनेटमा नै यासिन अयारीले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा अलेक्सान्डर इसाकले भिक्टर ग्योकेरेसको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । 

तर, पहिलो हाफ सकिन लाग्दा ओमार रेकिकले ट्युनिसियाका लागि एक गोल फर्काएका थिए । यसअघि, यस समूहको अन्य खेलमा जापान र नेदरल्याण्ड्सले २-२ गोलको बराबरी खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप