आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
सारांश
- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै छ।
- यसपालिको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, उद्योग र ऊर्जा क्षेत्रलाई प्राथमिकता दिइनेछ।
- आगामी बजेट विशेष गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित रहने छ।
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट आज प्रदेश सभामा प्रस्तुत गर्दै छ।
प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत नवौँ बैठकमा साँझ ५ बजे आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेश सरकारले सीमित स्रोतसाधन, बढ्दो दायित्व तथा विकास निर्माणका अपूरा कामलाई ध्यानमा राख्दै बजेटको खाका कोरेको छ। यसपटक दायित्व भुक्तानी, प्रदेश गौरवका आयोजना, बहुवर्षीय तथा क्रमागत योजनालाई उच्च प्राथमिकतामा राखेर बजेट तयार गरिएको सरकारले जनाएको छ। आगामी बजेट विशेष गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन तथा सामाजिक न्यायमा केन्द्रित रहने गरी सरकारले तयारी गरेको छ।
यसपालिको बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण, सिँचाइ विस्तार, जैविक खेती, स्थानीय तथा रैथाने बाली संरक्षण, कृषि उत्पादनको ब्रान्डिङ तथा मूल्य शृङ्खला विकासलाई मुख्य प्राथमिकता दिइने भएको छ। कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने नीति पनि बजेटमा समेटिने जनाइएको छ।
स्वास्थ्य क्षेत्रतर्फ अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार तथा क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुरोगसम्बन्धी उपचारमा सहुलियत दिने कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिएको छ। त्यस्तै शिक्षा क्षेत्रमा प्राविधिक शिक्षा, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रमहरू समावेश गरिने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासतर्फ विगतका अधुरा तथा बहुवर्षीय आयोजनाहरू सम्पन्न गर्ने, पुँजीगत खर्चको प्रभावकारिता बढाउने र प्रदेश गौरवका आयोजनालाई निरन्तरता दिने नीति बजेटमा रहने सरकारको भनाइ छ। पर्यटन, उद्योग, ऊर्जा तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ। विशेष गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा स्वास्थ्य पर्यटन केन्द्रका रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइने तयारी छ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो। उक्त बजेटमध्ये २३ अर्ब ४७ करोड रुपैयाँ पुँजीगत तथा १५ अर्ब ४३ करोड रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको थियो। स्रोतका अनुसार आगामी आर्थिक वर्षका लागि पनि सरकारले विगतकै वरिपरि अर्थात् करिब ३८ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने आन्तरिक तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण