स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
सारांश
- स्कटल्यान्डको एबर्डिनमा बसोबास गर्ने नेपालीहरूले फुड मेलामा सेलरोटी बिक्री गरी एबर्डिन हिन्दु मन्दिरका लागि ४०० पाउन्ड संकलन गरेका छन्।
- चन्द्रा र श्रुति श्रेष्ठले आयोजना गरेको यस कार्यक्रममा नेपाली परिकारको प्रवर्द्धनका साथै मन्दिरलाई आर्थिक सहयोग जुटाइएको हो।
- मेलामा नेपाली स्वादका परिकार, विशेष गरी सेलरोटीप्रति सहभागीहरूको आकर्षणले दुई घण्टामै सबै सामग्री सकिएका थिए।
एबर्डिन (स्कटल्यान्ड)। स्कटल्यान्डको एबर्डिनमा बसोबास गर्दै आएका नेपालीहरूले एबर्डिन हिन्दु मन्दिरको सहयोगार्थ आयोजित फुड मेलामा परम्परागत नेपाली परिकार सेलरोटी बिक्री गरी दुई घण्टामै ४०० पाउन्ड संकलन गरेका छन्।
एबर्डिनमा बस्ने चन्द्रा श्रेष्ठ र श्रुति श्रेष्ठले शनिबार आयोजित एबर्डिन फुड मेलामा नेपाली स्वाद पस्किएर उक्त रकम संकलन गरेका हुन्।
श्रेष्ठद्वयले यसअघि आयोजित फुड मेलामा पनि नेवारी परिकार बिक्री गरी मन्दिरलाई आर्थिक सहयोग प्रदान गरेका थिए। नेपाली संस्कृति र परम्परागत खानाको प्रवर्द्धनसँगै सामाजिक तथा धार्मिक कार्यमा उनीहरूले निरन्तर दिँदै आएको यो योगदान र प्रयासलाई मेलाका सहभागीहरूले निकै प्रशंसा गरेका छन्।
एबर्डिन हिन्दु मन्दिरद्वारा आयोजित फुड मेलामा विभिन्न देश तथा क्षेत्रका मौलिक परिकारका स्टलहरू राखिएका थिए। अपराह्न ४ बजेदेखि सुरु भएको मेलामा चन्द्रा र श्रुति श्रेष्ठले सेलरोटी, अचार तथा नेपाली चिया बिक्रीका लागि स्टल सञ्चालन गरेका थिए।
नेपाली स्वादका परिकारप्रति मेलामा आएका सहभागीहरूको आकर्षण उल्लेखनीय देखिएको थियो। विशेष गरी नेपालको मौलिक परिकार सेलरोटीप्रति दर्शक तथा सहभागीहरूको उत्साह निकै उच्च रह्यो। मेलामा आएका आगन्तुकहरूले नेपाली परिकारको स्वाद लिन उत्साहपूर्वक सहभागिता जनाएपछि स्टलमा राखिएका सम्पूर्ण खाद्य सामग्री दुई घण्टाभित्रै सकिएका थिए।
सेलरोटी, अचार र नेपाली चिया बिक्रीबाट संकलित ४०० पाउन्ड रकम कार्यक्रमस्थलमै एबर्डिन हिन्दु मन्दिरको कोषमा हस्तान्तरण गरिएको थियो। एबर्डिन हिन्दु मन्दिर ट्रस्टका पूर्व सचिव तथा समाजसेवी डा. नारायण श्रेष्ठले नेपाली परम्परागत खानाको लोकप्रियताले स्थानीय समुदायमा नेपाली संस्कृति चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण