सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
मासिक राशिफल

असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल

सोमबार, ०१ असार २०८३, ०१ : ३५
सोमबार, ०१ असार २०८३

सारांश

  • मेष राशिका लागि यो महिना व्यवसाय, शेयर बजार, भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ ।
  • वृष राशिका लागि धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ, तर आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ ।
  • मिथुन राशिका लागि शिक्षा क्षेत्रमा लगानी गर्ने, धार्मिक तथा शैक्षिक यात्रा गर्ने र खेलकुद तथा पराक्रमी क्रियाकलापमा आम्दानी बढाउने योग छ ।

२०८३ असार महिनाको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा  । बुध ११ गतेसम्म पराक्रम भावमा र १२ गतेबाट सुख भावमा । शुक्र १९ गतेसम्म सुख भावमा र २० गतेबाट सन्तान भावमा । बृहस्पति र शनि क्रमशः सुख भावमा र खर्च भावमा । मङ्गल ६ गतेसम्म राशिमा र ७ गतेबाट धन भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा दाजुभाइ तथा छिमेकीसँग गरिने व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ । आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । खेलकुद तथा साहसी क्रियाकलापमा समय व्यातित हुनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । तर पनि शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ । यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
  • वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी धन पराक्रम भावमा  । बुध ११ गतेसम्म धन भावमा र १२ गतेबाट पराक्रम भावमा । शुक्र १९ गतेसम्म पराक्रम भावमा र २० गतेबाट सुख भावमा । बृहस्पति र शनि क्रमशः पराक्रम भावमा र लाभ भावमा । मङ्गल ६ गतेसम्म खर्च भावमा र ७ गतेबाट राशिमा गोचर गर्नेछन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । पुर्वाद्धमा मङ्गलको प्रतिकुलताले आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा काम सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।  तर पनि शुक्र, बुध, र बृहस्पति र शनिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । लेखन तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । होटल तथा रेष्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध ११ गतेसम्म राशिमा  र १२ गतेबाट धन भावमा । शुक्र १९ गतेसम्म धन भावमा र २० गतेबाट पराक्रम भावमा । बृहस्पति र शनि क्रमशः धन भावमा र राज्य भावमा । मङ्गल ६ गतेसम्म लाभ भावमा र ७ गतेबाट खर्च भावमा  गोचर गर्नेछन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा यो महिना शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिई आम्दानी बढाउन सकिनेछ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । औषधि, निर्माण सामग्री र दैनिक उपभोग्य बस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेमलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । राज्य भावमा शनिको गोचरले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।  तर पनि राशिमा सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  कर्कट राशि हुनेहरूका लागी सूर्य खर्च भावमा । बुध ११ गतेसम्म खर्च भावमा  र १२ गतेबाट राशिमा । शुक्र १९ गतेसम्म राशिमा र २० गतेबाट धन भावमा । बृहस्पति र शनि क्रमशः राशिमा र भाग्य भावमा । मङ्गल ६ गतेसम्म राज्य भावमा र ७ गतेबाट लाभ भावमा  गोचर गर्नेछन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा खर्च भावमा गोचर गर्ने सूर्यको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरूले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ ।
  • तर पनि अन्य ग्रहको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरूको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राज्य भाव र लाभ भावमा मङ्गलको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नति गर्न सकिने तथा निर्माण व्यवसायीहरूका लागी समय फलदायी रहनेछ । पराक्रमी क्रियाकलाप तथा खेलकुदमा समय व्यातित हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य लाभ भावमा । बुध ११ गतेसम्म लाभ भावमा  र १२ गतेबाट खर्च भावमा । शुक्र १९ गतेसम्म खर्च र २० गतेबाट राशिमा । बृहस्पति र शनि क्रमशः खर्च भावमा र कष्ट भावमा । मङ्गल ६ गतेसम्म भाग्य भावमा र ७ गतेबाट राज्य भावमा  गोचर गर्नेछन् । सिंह राशि हुनेहरूका लागी महिनाभर नै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । अन्य  ग्रहको अनुकूल प्रभावले  सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । खर्च भावमा बृहस्पतिको गोचरको कारण शुभ कार्यमा ठुलो धनराशि खर्च हुनेछ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  कन्या राशि हुनेहरूका लागी सूर्य राज्य भावमा । बुध ११ गतेसम्म राज्य भावमा  र १२ गतेबाट लाभ भावमा । शुक्र १९ गतेसम्म लाभ र २० गतेबाट खर्च भावमा । बृहस्पति र शनि क्रमशः लाभ भावमा र व्यापार भावमा । मङ्गल ६ गतेसम्म कष्ट भावमा र ७ गतेबाट भाग्य भावमा  गोचर गर्नेछन् । सरकारी क्षेत्रका काम गर्नेहरूका लागी सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । महिनाको पुर्वाद्धमा खर्च भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न । व्यापार भावमा गोचर गर्ने शनिको कारण साझेदारी व्यवसायमा साझेदारहरूबिच मनमुटाब बढ्नेछ । घरपरिवार तथा जीवन साथीसँग मनमुटाब बढ्नेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य भाग्य भावमा । बुध ११ गतेसम्म भाग्य भावमा  र १२ गतेबाट राज्य भावमा । शुक्र १९ गतेसम्म राज्य र २० गतेबाट लाभ भावमा । बृहस्पति र शनि क्रमशः राज्य भावमा र प्रतिस्पर्धा भावमा । मङ्गल ६ गतेसम्म व्यापार भावमा र ७ गतेबाट कष्ट भावमा  गोचर गर्नेछन् । तुला राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । दोस्रो हप्ताबाट मङ्गलको गोचर कष्ट भावमा रहने हुनाले यात्रा गर्दा वा सवारी  साधन प्रयोग गर्दा ध्यान दिनुहोला । बृहस्पति, बुध, शनि तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनीबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । निर्माण सामाग्री, अटोपार्टस तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य कष्ट भावमा । बुध ११ गतेसम्म कष्ट भावमा  र १२ गतेबाट भाग्य भावमा । शुक्र १९ गतेसम्म भाग्य र २० गतेबाट राज्य भावमा । बृहस्पति र शनि क्रमशः भाग्य भावमा र सन्तान भावमा । मङ्गल ६ गतेसम्म प्रतिस्पर्धा भावमा र ७ गतेबाट व्यापार भावमा गोचर गर्नेछन् । वृश्चिक राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । दीर्घ रोगबाट पीडित भएकाहरूले सचेत हुनु जरुरी देखिन्छ भने औषधी उपचारमा खर्च बढ्ने योग पनि रहेको छ । सन्तान भावमा शनिको कारणले सन्तानसँग मतभेद बढ्ने तथा आफन्तसँग टाढिनु पर्ने बाध्यता आउनेछ । बृहस्पति, बुध तथा शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहिनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । काम, अध्ययन वा धार्मिक कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ । सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य व्यापार भावमा । बुध ११ गतेसम्म व्यापार भावमा  र १२ गतेबाट कष्ट भावमा । शुक्र १९ गतेसम्म कष्ट र २० गतेबाट भाग्य भावमा । बृहस्पति र शनि क्रमशः कष्ट भावमा र सुख भावमा । मङ्गल ६ गतेसम्म सन्तान भावमा र ७ गतेबाट प्रतिस्पर्धा भावमा गोचर गर्नेछन् । यो महिना बुध, शुक्र, मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागीरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । प्रेमलाई विवाह मार्फत घर गृहस्थीमा परिणत गर्न सहमति जुटाउन सकिनेछ । वित्तीय क्षेत्रमा गरिने लगानीबाट आंशिक लाभ हुनेछ । उद्योग, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ । यात्रा, खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घ रोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । महिना भरिनै शनिको आद्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । सवारी साधन चलाउँदा ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल गोचरका कारण ठुलो सङ्कटको सामना गर्नु पर्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य प्रतिस्पर्धा भावमा । बुध ११ गतेसम्म प्रतिस्पर्धा भावमा  र १२ गतेबाट व्यापार भावमा । शुक्र १९ गतेसम्म व्यापार र २० गतेबाट कष्ट भावमा । बृहस्पति र शनि क्रमशः व्यापार भावमा र पराक्रम भावमा । मङ्गल ६ गतेसम्म सुख भावमा र ७ गतेबाट सन्तान भावमा गोचर गर्नेछन् । मकर राशि भएका व्यक्तिहरूका लागि यो महिना मिश्रित फल प्राप्त हुनेछ रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ ।  अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ ।  तर पनि दीर्घ रोगी तथा औषधीको प्रयोग गरिरहेकाहरूलाई गाह्रो पार्न सक्छ । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग मनमुटाब बढ्ने योग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य सन्तान भावमा । बुध ११ गतेसम्म सन्तान भावमा र १२ गतेबाट प्रतिस्पर्धा भावमा । शुक्र १९ गतेसम्म प्रतिस्पर्धा र २० गतेबाट व्यापार भावमा । बृहस्पति र शनि क्रमशः प्रतिस्पर्धा भावमा र धन भावमा । मङ्गल ६ गतेसम्म पराक्रम भावमा र ७ गतेबाट सुख भावमा गोचर गर्नेछन् । महिना भरिनै शनिको अन्त्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । दोस्रो हप्ताबाट मङ्गलको गोचरको कारण सवारी साधनमा क्षति हुने तथा शत्रुको भए रहनेछ । तर पनि महिनाभर नै बुध, शुक्रको तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी समानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य सुख भावमा । बुध ११ गतेसम्म सुख भावमा र १२ गतेबाट सन्तान भावमा । शुक्र १९ गतेसम्म सन्तान र २० गतेबाट प्रतिस्पर्धा भावमा । बृहस्पति र शनि क्रमशः सन्तान भावमा र राशिमा । मङ्गल ६ गतेसम्म धन भावमा र ७ गतेबाट पराक्रम भावमा गोचर गर्नेछन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले छाती सम्बन्धी, श्वास प्रश्वास र मुटु सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । शनिको मध्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।  यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र, वृहस्पति र मङ्गलको अनुकूल प्रभावले निर्माण सामाग्री, अटो पार्टस् तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ ।  परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप