नारायणगढ–मुग्लिन सडकका पन्ध्रवटा पुल निर्माण प्रक्रिया सुरु
भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भने । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।
विभागले नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा निर्माण गर्न अनक कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको छ । पुलको डिजाइन गर्दै निर्माण गर्ने कामलाई ‘डिजाइन एन्ड बिल्ड’ भनिन्छ । यसरी पुल बनाउँदा ठेक्का लाग्नुपूर्व वातवरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी अड्चन सरकारले फुकाएसँगै पुल निर्माणको बाटो खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण