नारायणगढ–मुग्लिन सडकका पन्ध्रवटा पुल निर्माण प्रक्रिया सुरु
भरतपुर – नारायणगढ–मुग्लिन सडकखण्ड पुनः निर्माणको काम सकिएको वर्षौंपछि त्यस सडकमा रहेका १५ वटा पुलको निर्माण प्रक्रिया सुरु भएको छ । सडक विस्तारसँगै पुल निर्माण गर्नुपर्ने भए पनि विभिन्न कानुनी अन्योलका कारण पुल निर्माणमा ढिलाइ भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि कानुनी अड्चन खुला गरेर गत वर्षको चैत १० गते पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि अहिले पुल निर्माणको प्रक्रिया सुरु भएको सडक विभाग पुल महाशाखाका निर्देशक दीपक भट्टराईले जानकारी दिए । उनले ढिलै भए पनि प्रक्रिया सुरु भएको छ । अहिले पुलको निर्माणका लागि ठेक्का भई डिजाइन निर्माणको काम भइरहेको छ भने । पुलको डिजाइन बनेपछि विभागले स्वीकृति दिएसँगै पुल निर्माणको काम सुरु हुनेछ ।
विभागले नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल ‘डिजाइन एन्ड बिल्ड’को अवधारणामा निर्माण गर्न अनक कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको छ । पुलको डिजाइन गर्दै निर्माण गर्ने कामलाई ‘डिजाइन एन्ड बिल्ड’ भनिन्छ । यसरी पुल बनाउँदा ठेक्का लाग्नुपूर्व वातवरण प्रभाव मूल्याङ्कन गर्नुपर्ने कानुनी अड्चन सरकारले फुकाएसँगै पुल निर्माणको बाटो खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडेजाको आउटले सृजना गरेको विवाद, आईपीएलको इतिहासमै तेस्रोपटक यस्तो आउट
-
यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु
-
स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
-
अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो
-
९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो
-
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ