वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति
काठमाडौं – कोरोना भाइरसको महामारीका कारण झन्डै चार महिनादेखि रोकिएको पुनः श्रमस्वीकृति (रि–इन्ट्री) बिहीबारबाट खुलेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने प्रक्रिया बिहीबारदेखि पुनः सुरु गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख एवं सहसचिव उमेश ढुङ्गानाले कोरोना सीसीएमसीले दिएको अख्तियारीलाई आधार मानेर श्रम मन्त्रालयले मापदण्ड तयार गर्नुका साथै बिहीबारबाट पुनः श्रम स्वीकृति दिन सुरु गरेको बताउनुभयो । उनका अनुसार मन्त्रालयले तत्काल अवस्थालाई मध्यनजर गरेर पुनः श्रम स्वीकृतिलाई मात्रै खुला गरिएको र नयाँलाई आवश्यकताका आधारमा मात्र खोल्न सकिने प्रावधान राखिएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम मन्त्रालयले मार्ग निर्देशन तयार गरेर विभागमा पठाएसँगै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको बताए । उनले ताहचलस्थित श्रम कार्यालयबाट बिदामा आएका तर श्रम स्वीकृति नभएर विदेश जानबाट रोकिएकालाई पुनः श्रम स्वीकृति दिन थालिएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वृद्ध बुवाआमालाई वृद्धाश्रममा गएर छाड्ने परिपाटी दुखद् : प्रमुख दाहाल
-
पोखरा स्पोर्टस अवार्डको तयारी सकियो
-
‘म्यारिज प्रपोजल’ पुनः मञ्चन गर्दै कुञ्ज थियटर
-
३०औँ वर्षगाँठ मनाउँदै १९७४ एडी, पहिलो अन्तर्राष्ट्रिय टुर अमेरिकाबाट
-
नेप्से ५ अंकले बढ्दा ३ अर्बभन्दा बढीको कारोबार
-
मधेस प्रदेशका ५० प्रतिशत नेता आफ्नो पक्षमा रहेको अशोक राईको दाबी