प्रेममा धोका पाएपछि मागी विवाह गरेका बलिउड सेलिब्रेटी

एजेन्सी – बलिउड उद्योगमा यस्ता कलाकारहरु छन् जो आफ्ना प्रेमसम्बन्धका कारण निकै चर्चामा छन् । उनीहरु प्रेमसम्बन्धका कारण मात्र होइन ब्रेकअप, विवाहलाई लिएर पनि निकै चर्चामा आए । यति मात्र होइन प्रेमसम्बन्ध टुटेपछि कतिपयको त विवाह पनि मागी भयो ।
यी हुन् ती कलाकारः
शाहिद कपूर
शाहिद कपूर र करीना कपूरको प्रेम सम्बन्ध निकै चर्चामा थियो । तर उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि शाहिद कपूरले सन् २०१५ मा मीरा राजपूतसँग मागी विवाह गरे ।
विवेक ओबरोय
विश्व सुन्दरी ऐश्वर्या रायको कारण निकै चर्चामा रहे विवेक ओबरोय । ऐश्वर्यासँग प्रेमसम्बन्धपछि सलमानसँगको टकरावले झनै उनको चर्चा भयो । तर ऐश्वर्या र विवेकको सम्बन्ध टुट्यो । त्यसको धेरै वर्षपछि विवेकले प्रियंका अल्वासँग मागी विवाह गरे । प्रियंका कर्नाटक भारतीय नेता जीवाराज अल्वाकी छोरी हुन् ।
गोविन्दा
विवाहअघि थुप्रै अभिनेत्रीहरु नाम जोडिएका अभिनेता गोविन्दाले सुनिता आहूजासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारिदिए । उनीहरुको विवाह मागी विवाह थियो ।
नील नितिन मुकेश
यी अभिनेताले पनि मागी विवाह गरे । उनले सन् २०१७ मा रुक्मिणी सहायसँग मागी विवाह गरेका थिए । विवाहअघि उनको नाम सोनल चौहान र साशा आगा जस्ता अभिनेत्रीहरुसँग सम्बन्ध जोडिएको थियो ।
राकेश रोशन
अभिनेता ऋतिक रोशनका पिता राकेश रोशन पनि बलिउडका दिग्गज अभिनेता हुन् । उनले करोडौं प्रशंसकको दिलमा स्थान बनाएका छन् । उनले पनि पिंकी रोशनसँग मागी विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीगंगा र आयोजक जनहितबिच उपाधि भिडन्त
-
सेनामा तेस्रो लिङ्गीहरूलाई प्रतिबन्ध लगाउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो अनुमति
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?