फुटनजिक नेकपा
काठमाडौं – दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको भन्दै त्यो सम्भव नरहेको समेत स्पष्ट पारेका छन् । ‘पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले बैठकमा सहभागी मन्त्री तथा राज्यमन्त्री सबैका कुरा सुन्दा धेरै समय जाने भन्दै दुई÷तीनमा पुनः अर्को बैठक बोलाउने र त्यसमा आउँदा प्रधानमन्त्रीको पक्षमा कि विपक्षमा हो स्पष्ट भएर आउन समेत भनेका छन् ।
‘राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ, तपाईहरु कसको पक्षमा हुने हो, कि प्रधानमन्त्रीको विपक्षमा जाने हो ? दुई÷तीन दिनमा फेरि बोलाउँछु, तपाईहरुलाई यही सूचना भयो, फेरि आउँदा पोजिसन क्लियर गरेर आउनुहोला ।’ प्रधानमन्त्रीले बैठकमा भने ।
प्रधानमन्त्रीले अर्को बैठकमा कित्ता क्लिअर गरेर आउनु भनेपछि उर्जामन्त्री वर्षमान पुनले दुई अध्यक्ष मिलेर पार्टी एकता गरेको भन्दै पार्टीबाटै सबै कुराको निकाश निकाल्न आग्रह गरेका छन् । उनले बाहिर बजारमा आएका हल्लाका आधारमा भन्दा पनि पार्टी कमिटीमा छलफल गरेर समस्याको हल गर्न समेत प्रधानमन्त्रीलाई सुझाएका छन् । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण