सुनचाँदी गरगहना परिक्षणका लागि दिइयो प्राविधिक तालिम
काठमाडौं– नेपाल सरकार, अर्थ मंन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भंसार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि ५ दिने तालिम कार्यक्रमको समापन भएको छ ।
उक्त कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालबाट नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो र ऐतिहासिक भएको बताउँदै देशभरीका सम्बन्धित कर्मचारीहरुलाई प्रशिक्षणको व्यवस्था गर्दै जान महासंघबाट सहयोग हुने अपेक्षा राखिएको बताए ।

सो अवसरमा कार्यालय प्रमुख शम्भु प्रसाद मरासिनिले विज्ञहरुको कमिका कारणले भन्सार चेकजाँचमा जटिल समस्या आइरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताए ।
समापन कार्यक्रमा प्रशिक्षार्थीहरुद्वारा उक्त तालिमबाट सुनचाँदी गरगहना परिक्षण सम्बन्धि ठूलो ज्ञान पाएको बताएका थिए ।
समापन कार्यक्रमको अध्यक्षता गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले यस किसिमका तालिमहरुले निजी तथा सरकारी निकाय विच विश्वासको वातावरण सिर्जना हुने र निजी र सरकारी सहकार्यबाट नै राष्ट्रको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । नियामक निकायमा क्षेत्रगत विज्ञहरु भई दिएमा राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा पनि अहम भूमिका खेल्ने विश्वास समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण