व्यापारिक मार्गमा चार आकाशेपुल निर्माण गरिने
व्यापारिक मार्गमा हुने ढुवानी तथा सवारी चापको समस्यालाई ध्यानमा राखी वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाले चार वटा आकाशेपुल निर्माण गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ मा निर्माण शुरु गरिने ती चार आकाशेपुलमा करिब रु २० करोड खर्च हुने अनुमान गरिएको आयोजना प्रमुख सञ्जयकुमार मिश्रले राससलाई बताए ।
आकाशेपुल निर्माणको अध्ययन प्रतिवेदनअनुसार पथलैया, परवानीपुर, गण्डकदेखि अलौँको एकीकृत जाँच चौकी (आइसिपी) सम्म करिब २८ किलोमिटर लम्बाइको व्यापारिक मार्गमा पहिलो चरणअन्तर्गत सिमरा विमानस्थलमा एउटा, जितपुर बजार क्षेत्रमा दुई वटा र परवानीपुरमा एउटा गरी चार वटा आकाशेपुल निर्माण गरिने प्रमुख मिश्रले बताए ।
आकाशेपुलको विस्तृत प्रतिवेदन तयार गरी सडक विभागमा पठाइसकिएको र सो प्रतिवेदन स्वीकृति भएर आउने बित्तिकै ठेक्का प्रक्रियामा जाने बताउँदै प्रमुख मिश्रले भने, “सो सडकखण्डमा थप १० वटा आकाशेपुल निर्माण गरिने प्रस्ताव गरिएको छ ।” उनका अनुसार प्रस्तावित आकाशेपुल परवानीपुर, सुक्खा बन्दरगाह क्षेत्र, पावर हाउस चोक तथा घण्टाघरलगायतको ठाउँमा निर्माण गरिने योजना छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आकाशेपुल निर्माणको प्रक्रियामा ढिलाइ भएको भए पनि आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजना रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण