उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी
राजधानी उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना विस्तार समुदायमा भने नपुगेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेको दाबी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा उपत्यकामा थप २८ जना सङ्क्रमित थपिएको प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो पटक सङ्क्रमण देखिएकामा काठमाडौँका १४ जना, भक्तपुरका चार र ललितपुरका १० जना छन् । सोमबार उपत्यकामा ५४ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्ला केही दिनयता देशका अन्य स्थानमा सङ्क्रमितको सङ्ख्या घटे पनि उपत्यकामा बढेको छ ।
तर, काठमाडौँ उपत्यका लगायतका कुनै पनि क्षेत्रमा कोरोना भाइरस समुदाय स्तरमा नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट गरेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. पाण्डेले कोरोना समुदाय स्तरमा नफैलिएको बताए । उनले ८७ प्रतिशत कोरोना सङ्क्रमित युवा रहेका र उनीहरू बाहिरबाट आएको जानकारी दिए ।
उनले समुदायमा कोरोना देखिएको अवस्थामा पुरुषमा मात्र नभएर महिलामा पनि उही सङ्ख्यामा कोरोना देखिने बताए । डा. पाण्डेका अनुसार हालसम्म तीन प्रतिशत मात्र कतै नगएकोमा पोजेटिभ पाइएको जानकारी दिए । तीन प्रतिशतको स्रोत विदेशबाट आएकासँग जोडिएको छ भन्दै डा. पाण्डेले थपे, “समुदायमा कोरोना फैलिएको भन्ने भ्रम फैलाउनु हुँदैन ।” हालसम्म काठमाडौँ उपत्यकामा २६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । तिनमा १७५ काठमाडौँका, ४१ ललितपुरका र ४३ भक्तपुरका छन् । उनले उपत्यकाका १२ जनाको सङ्क्रमण स्रोत खुल्न नसकेको जानकारी दिए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण