शल्यक्रियापछि बैसाखीको सहारामा गायिका मेडोना, सेयर गरिन् टपलेस फोटो
अमेरिकी गायिका तथा गीत लेखिका मेडोना आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । ६१ वर्षीया मेडोनाको फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा जस्तो देखिन्छिन् । मेडोना सोसल मिडियामा सबैभन्दा धेरै सक्रिय रहने हलिउड सेलिब्रिटी मध्ये एक हुन् ।
इन्स्टाग्राममा मेडोनाद्वारा सेयर गरिएको हालैको तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छिन् । मेडोनाको घुँडाको शल्यक्रिया भएको छ र उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छिन् ।
मेडोनले घुँडाको शल्यक्रिया गरेको धेरै समयपछि आफ्नो तस्बिर सेयर गरेकी हुन् । उक्त तस्बिरमा उनी बैसाखीमा त उभिएकी छिन् तर टपलेस देखिएकी छिन् । उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छिन् ।
उनको फोटो सेयर भएको केही घण्टा भित्रै ६ लाख बढीले लाइक र सेयर गरेका छन् । मेडोनाले तस्बिर सेयर गर्दै लेखिन्, ‘सबैसँग एउटा बैसाखी हुन्छ ।’
उनको यो तस्बिरको कमेन्ट बक्समा उनका एक प्रशंसकले लेखे, ‘तपाईं निकै स्वतन्त्र र पहिलेको भन्दा निकै राम्रो देखिरहनुभएको छ । यो देखेर राम्रो लाग्यो ।’ यस्तै अर्का एक व्यक्तिले कमेन्टमा लेखे, ‘यो तस्बिर देखेर त मेरो सासै अड्कियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण