‘सहायक श्रीमान्’ रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट
काठमाडौं । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । आगामी अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा नेपालबाट यो फिल्म छनौट भएको हो ।
गणेश पाण्डेको निर्देशन रहेको फिल्म नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित १ हजार अमेरिकी डलर जितेको थियो । बहुपति प्रथामा आधारित ३५ मिनेटको फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन् । एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषय फिल्ममा उतारिएको छ ।
साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको फिल्ममा ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत पाउनेमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वस्त
-
सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ : उद्धव थापा
-
सरकार छोड्ने निर्णय गरेका छैनौँ : झलनाथ खनाल
-
जसपाका मन्त्रीले लिए शपथ
-
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा ७ करोडको कारोबार
-
पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु