आशिषको ‘गलबन्दी पच्छ्यौरी’ मा वर्षा
सोमबार, २९ असार २०७७, १४ : ०३
काठमाडौं । युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ कोका गायक आशिष सचिनको अर्काे गीत ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतको भिडियोमा पनि गायक सचिनको समेत अभिनय देख्न सकिन्छ । लकडाउन अगाडि छायाँकन भएको यो गीतमा परम्परागत रोटेपिङ, लिङ्गेपिङ, हाटबजार लगायतको दृश्य समेत राखिएका छन् ।
गीतमा गायक सचिनलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी सञ्चालन र नियमनमा सरकारले ल्यायो नयाँ नीति
-
व्यक्तित्व अधिकार माग्न उच्च अदालत पुगे ज्याकी
-
१ हजार युवालाई स्टार्टअप बिजनेसका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने
-
सार्वजनिक ऋणको विवेकपूर्ण छनोट गरी उत्पादनमूलक क्षेत्रमा परिचालन गरिनेछ : राष्ट्रपति पौडेल
-
प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनौट गरिने
-
आगामी आर्थिक वर्ष प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने