दीपकको प्रश्न – ‘फरक मत राख्न नपाउने हामी के किम जोङको समाज सिर्जना गरिरहेका छौँ ?’
काठमाडौँ । अभिनेता, निर्माता तथा कलाकार दीपकराज गिरीले आफु महानायकको दौडमा नरहेको र उक्त ठाउँमा पुग्ने रहर पनि नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा करिब दश मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै महानायकको रहर आफूमा नभएको स्पष्ट पारेका हुन् ।
‘राजेश हमाल महानायक हुन्÷होइनन् भनेर टिप्पणी गर्ने अधिकार हामीलाई छैन । किनभने हामी एउटै कर्ममा छौँ । हाम्रो पनि ‘छक्कापन्जा’ ब्राण्ड छ । एउटा ब्राण्डले अर्काे ब्राण्डलाई आरोप लगाउनु हुन्न,’ दीपकले भने, ‘त्यो छुट्याउने इतिहास, जनता र देशको काम हो । उहाँलाई महानायक भनिएको छ । हामीले भनिदिँदा केही जाँदैन । हामी सानो पनि हँुदैनौ ।’
दीपकले आज म दश मिनेटको समय लिन्छु भन्दै सुरु गरेको भिडियोमा राजेश हमालको विषय जोडेर ‘छक्का पन्जा’को ब्रान्डमाथि प्रहार भएको समेत आरोप लगाएका छन् । उनले राजेको फ्यानले भन्दा पनि नियोजित तवरबाट ‘छक्का पन्जा’ ब्राण्डलाई गाली गरेको बताए । ७५ प्रतिशत फेक आइडीबाट ‘छक्का पन्जा’ ब्रान्डमाथि प्रहार भएको उनको भनाइ रहेको छ ।
दीपाले महानायकको विषयमा दिएको अभिव्यक्ति केही सत्य र केही गलत भएको समेत बताएका दीपकले आफ्नो टीममा राजेशको सबैभन्दा बढी फ्यान दीपानै भएको समेत स्पष्ट पारेका छन् ।
जीवनभर राजेश हमाललाई गाली गर्नेहरु पनि अहिले राजेशको पक्षमा देखिएको आफुले पाएको बताएका दीपकले दीपालाई गाली गर्नेहरुलाई ‘तपाईंले घरका दिदीबहिनीलाई पनि यसै गरेर गाली गर्नुहुन्छ ?’ भनेर प्रश्न समेत गरेका छन् ।
‘हाम्रो मनको कुरा, केही तीतो केहि मिठो’ शीर्षकका सार्वजनिक गरेको भिडियोमा आफ्नो बोलीको विषयमा दीपाले माफी समेत मागी सकेको पुन जानकारी गराएका दीपकले अगाडि भनेका छन् ‘के फरक मत राख्न नपाउने हामी किम जोङको समाज सिर्जना गरिरहेका छौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण