कमलाको ‘तरंग’ सार्वजनिक
काठमाडौं । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बीच अमेरिकाका लागि नेपाली राजदूत डा .अर्जुन कार्कीले एल्बम सार्वजनिक गरे । कार्यक्रम जुम मिटिङ मार्फत आयोजित गरिएको थियो ।
२ दशकदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपानेले साहित्यतर्फ गीत, कविता, मुक्तक र गजलमा समेत कलम चलाएकी छन् । कार्यक्रम गीतकार न्यौपानले तरंग एल्बममा मानिसका जीवनमा आइपर्ने सुख दुःख, आरोह अबरोह, हाँसो, रोधन, मिलन, बिछोड, प्रेम, त्याग लगायतका गीत रहेको बताइन् । गीतकार न्यौपाने पेशाले नर्स हुन् ।
उक्त कार्यक्रममा डा. केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, वरिष्ठ संगीतकार आलोकश्री, संगीतकार अम्बर तंबापो सुब्बा, रीमा श्रेष्ठ र कुशल गुरुङले एल्बमको सफलताको लागि शुभकामना दिएका थिए ।
गीतकार तथा संगीतकार येदीन गजमेरको एकल संगीत रहेको एल्बमका गीतहरुमा रामकृष्ण ढकाल (मेरो झण्डा), स्वरूप राज आचार्य (धुवा धुवा), मेलीना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी) कर्णवीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) स्वर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
-
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
-
नक्कली भुटानी शरणार्थी प्रकरणकाे सुनुवाइ जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण